काठमाडौं । नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनामा खटाउने गरी प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले कर्मचारकिो माग गरेको छ । कम्पनीले निर्माण प्रक्रिया अगाडी बढाउन उक्त आयोजनाको लागि २१ कर्मचारीको माग गरिएको हो ।
निर्माण अघि बढ्न लागेको आयोजनाको लागि १ जना आयोजना प्रबन्धक, १ जना व्यवस्थापन निर्देशक र २ जना व्यवस्थपक (निर्माणाधीन, डिजाइनिङ, इक्युपमेन्ट, असिसटेन्ट) को माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ जना इन्जिनियरिङ विभाग, १० जना प्राविधिक र २ जना प्रशासन विभागको लागि पनि माग गरिएको हो ।
इच्छुक योग्य व्यक्तिले सूचना प्रकासित भएको मितिले ७ दिन भित्र आवेदन दिई सक्नु पर्नेछ । आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक यौग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये प्रमापत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् ।
थप जनाकारीकाे लागि