विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आउन अझै ३ महिना लाग्ने भएकाे छ । निर्माणाधीन ३२ किलाेमिटर लामाे प्रसारण लाइन आगामी पुसदेखि सञ्चालनमा आउन लागेकाे हाे ।

अहिले प्रसारण लाइनकाे ७५ प्रतिशत निर्माण सम्पन्न भएकाे आयाेजना प्रमुख प्रनिल पराजुलीले बताए । उनका अनुसार निर्माण सुरु भएकाे ५ वर्षमा प्रसारण लाइन आयाेजनाकाे यति भाैतिक प्रगति भएकाे हाे । नेपाल विद्युत प्राधिकरणले २०७३ फागुनदेखि प्रसारण लाइनकाे संरचना निर्माणकाे काम सुरु गरेकाे थियाे । 

प्रसारण लाइनको १ सय ५ मध्ये १ सय ४ वटा टावरको जग खनेर सकिएको पराजुलीले जानकारी दिए । दोलखाको शहरे भन्ने स्थानमा स्थानीय विवादले एउटा टावरको जग खन्ने कार्य भने प्रभावित हुन पुगेको उनले बताए । प्रसारण लाइन अन्तर्गत रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनकाे सिभिलतर्फकाे काम सकिएकाे छ ।

‘स्थानीयले लेनदेनको विवाद झिकेर एउटा टावरको जग खन्न दिएका छैनन्,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय निकायसँग समन्वय गरेर जाने प्रयास भइरहँदा पनि समस्याको समाधान हुन सकेको छैन ।’ अहिलेसम्म प्रसारण लाइनका ९८ वटा टावर खडा भइसकेको पनि उनले बताए ।

टावर खडा गरिएको क्षेत्रमा तार तान्ने काम सुरु गरिएकाे छ । १० किलोमिटर तार तानेर सकिएको छ । याे प्रसारण यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियाे । गर्जाङ सबस्टेसनको  डिजाइन परिवर्तन, स्थानीय अवराेध तथा कोराना (कोभिड–१९) महामारीका कारण अघिल्लो वर्ष गरिएकाे लकडाउन एवं निशेधाज्ञा लगायत कारणले प्रसारण लाइनको निर्माण पटक–पटक समय थपिएकाे उनले बताए ।

काेराेना महामारीका बेला भारतीय प्राविधिक आयोजना स्थलसम्म आउन नसक्दा तार तान्न काम सुरु गर्न ढिलाइ हुन पुगेकाले सञ्चालन तालिका धकेलिएकाे उनले बताए । गत वर्षको लकडाउन तथा निशेधाज्ञाले पनि प्रसारण लाइन निर्माणको काम ६ महिनासम्म पूर्णरूपमा ठप्प हुन पुगेको थियो । यो वर्ष गत बैशाख १६ गतेदेखिको निशेधाज्ञाले पनि आयोजनाको निर्माणमा आंशिक प्रभाव पारेको थियो ।

यो प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ । यो आयोजनाको ३८ करोड रुपैयाँ बढीको विद्युत खेर गइसकेको प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीले जनाएको छ ।

यी आयोजना पूरा भएको ९ महिनासम्म पनि विद्युत जोडिन पाएको छैनन् । निर्माण पूरा भइसकेका यी आयोजना प्रसारण प्रणालीमा जोडिन प्रसारण लाइन पूरा हुने मिति कुरेर बसेका छन् । प्रसारण लाइन पूरा हुँदा रामेछापमा उत्पादन हुने १ सय मेगावाटका आयोजनाको विद्युत प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३