images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा रहेको ६६ केभी हेटौंडा–परवानीपुर डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति सुरु गरेको छ । प्राधिकरणले बुधबारदेखि प्रसारण लाइनको स्तरोन्नतिको काम सुरु गरेको हो ।

प्रसारण लाइनको स्तरोन्नतिका क्रममा टावर नम्बर २९७ देखि ३०२ सम्म ३ वटा नयाँ टावर थपिने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार प्रसारण लाइनको स्तरोन्नति गर्न कन्डक्टर बदलीको काम पनि सुरु गरिएको छ ।

बुधबारबाट सुरु भएको प्रसारण लाइनको स्तरोन्नतिको काम आगामी मंसिर १३ गतेसम्ममा सम्पन्न गरिसक्ने तालिका रहेको प्राधिकरण प्रसारण निर्देशनालय अन्तर्गतको ग्रिड विकास विभागले जनाएको छ । प्रसारण लाइनको ३ वटा टावर थप गर्ने तथा कन्डक्टर बदली गरिने समयमा दैनिक २ घन्टाका दरले विभिन्न सर्किटबाट हुने विद्युत आपूर्ति बन्द हुने भएको छ । 

स्तरोन्नति हुने अवधिभर प्रसारण लाइनबाट विद्युत प्रवाह हुने क्षेत्रको सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । हेटौंडा देखि परवानीपुरसम्मको औद्योगिक क्षेत्रको सेवा पनि प्रभावित हुने देखिएको छ ।

प्रसारण लाइनको स्तरोन्नतिको काम सकिएपछि मंसिर १४ गतेबाट नियमितरूपमा सञ्चालन गर्ने जानकारी प्राधिकरणले दिएको छ । औद्योगिक तथा घरायसी ग्राहकलाई गुणस्तरीय विद्युत सेवा दिन प्रसारण लाइनको स्तरोन्नति सुरु गरिएको हो । सरकार र प्राधिकरणको संयुक्त लगानीमा यो प्रसारण लाइन निर्माण गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit