विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृतमध्ये ७३ जलविद्युत कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये ६९ कम्पनीले एक वर्षमा विद्युत बिक्री गरी २९ अर्ब रुपैयाँ आम्दानी गरेका छन् ।

विवरण सार्वजनिक गर्नेमध्ये ३६ कम्पनी नाफामा र ३७ कम्पनी घाटामा देखिएकाे छ । घाटामा रहनेमध्ये ३३ कम्पनीले विद्युत बिक्री गरिरहेका छन् भने बाँकी ४ कम्पनीकाे आयाेजना निर्माणाधीन छन् ।

नेपालको विभिन्न ठाउँमा जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको ६९ कम्पनीले उत्पादित विद्युत बिक्री गरी २९ अर्ब ७ करोड २२ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । यी मध्ये नाफामा रहेका ३६ कम्पनीले बिजुली बेचेर ११ अर्ब ५४ करोड ३४ लाख ७५ हजार ७ सय रुपैयाँ आम्दानी गरेका छन् । घाटामा रहेका ३३ कम्पनीले १७ अर्ब ५२ करोड ८७ लाख ५४ हजार २ सय रुपैयाँ आम्दानी गरेका हुन् ।

यसैगरी, गत आवमा ३६ कम्पनीले ३ अर्ब ८४ करोड ३५ लाख ८२ हजार ७ सय रुपैयाँ खुद नाफा कमाएका छन् भने ३७ कम्पनीहरू ८ अर्ब ९५ करोड ३३ लाख ९६ हजार रुपैयाँ घाटामा देखिएकाे छ ।

नाफा कमाउने कम्पनीहरूमध्ये सबै भन्दा बढी चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले गत वर्ष ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १ अर्ब १२ करोड ६६ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यसैगरी, माउन्टेन इनर्जी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, सानिमा माई हाइड्रो पावर लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी आरबी हाइड्रो पावर लिमिटेड, सिक्लेस हाइड्रो पावर लिमिटेड, बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माई खोला हाइड्रो पावर लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड लगायत २५ कम्पनीले नाफामा रहेको वित्तीय विवरण सार्वजनिक गरेका छन्  ।

यसैगरी, घाटामा देखिएका कम्पनीहरूमा खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड, छया्ङदी हाइड्रो पावर लिमिटेड, दिव्यश्वरी हाइड्रो पावर, माथिल्लो तामाकोसी हाइड्रो प्रालि,  अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, घलेम्दी हाइड्रो पावर लिमिटेड रहेका छन् ।

आँखु खोला जलविद्युत कम्पनी लिमिटेड, पन्चकन्या माई हाइड्रो पवार लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, बलेफी हाइड्रो पावर लिमिटेड, न्यादी हाइड्रो पावर लिमिटेड, मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेड पनि घाटामा छन् ।

रिभर फल्स पावर लिमिटेड, माया खोला हाइड्रो पावर कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, दोल्ती पावर कम्पनी लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, पिपुल्स पावर लिमिटेड, बाराही हाइड्रो पावर पब्लिक लिमिटेड, सुपर मादी हाइड्रो पावर लिमिटेड, एशियन हाइड्रो पावर लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेड, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको वित्तिय वितरण घाटामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit