विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौ । निलगिरी खोला हाइड्रो पावर कम्पनीले  निर्माणाधीन २ जलविद्युत  आयोजनाकाे विद्युत प्रणालीमा जाेड्न साढे ७ किलाेमिटर लामाे २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन ३८ मेगावाटको निलगिरी खोला–१ र ६२ मेगावाटको निलगिरी खोला–२ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी बनखेत सबस्टेसनमा जोड्न प्रसारण लाइन निर्माणकाे प्रकृया अघि बढाएको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीकाे नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएकाे छ ।  विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १३ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन लागेकाे हाे ।

कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभाग तथा कम्पनीको कार्यालयमा आइपुग्ने गरी राय/सुझाव मागिएको हो ।

गण्डकी प्रदेशक, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन निलगिरी खोला–१ को स्वीचयार्डदेखि निलगिरी खोला–२ को स्वीचयार्डसम्म करिब ५ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निलगिरी–२ को स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सबस्टेसनसम्म करिब २.४ किलोमिटर डबल सर्किट लाइन निर्माण हुनेछ ।

निर्माण हुने ७.४ किलोमिटर लाइनमा २४ वटा टावर खडा गरिनेछ । एउटा टावरदेखि अर्को टावरसम्मको दुरी १६१ देखि ४६४ मिटरसम्म हुनेछ । निर्माण सुरु भएको साढे २ वर्षमा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइन पूरा भएपछि निलगिरी बेसिनमा निर्माणाधीन  १ सय ९ मेगावाटका आयोजनाको विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३