विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
फाइबरनेटमा प्रवाहित करेन्टबाट भएको सन्जिप जिसी मृत्यु

काठमाडौं । नेपाल टेलिकमको लापरबाहीका कारण ३० वर्षिय सन्जिप जिसीको मृत्यु भएको आज २७ दिन भयो । मृत्यु भएको करिब एक महिनासम्म पनि टेलिकमले फाइबरनेटबाट करेन्ट प्रवाह हुन नसक्ने र मानवीय क्षति नपुग्ने भन्दै यसको जिम्मेवारी लिन अस्विकार गर्दैै आएपछि मृतकका आफन्त गृह मन्त्रालयको ढोकासम्म पुग्नुपर्ने परिस्थिति बनेको छ ।

मृतकको पक्षमा उभिँदै काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष तथा स्थानीय सांसद र मृतकका पिता हरिबहादुर जिसी लगायतले न्यायका लागि गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने तयारी गरेका छन् । ‘टेलिकमले यसको जिम्मेवारी लिएको छैन, ऊ सम्पर्कमै छैन,’ मृतकका पिता जिसीले ऊर्जा खबरसँग भने, ‘हामी न्याय माग्न गृह मन्त्रीज्यूलाई भेट्दैछौं ।’

स्थायी घर बागलुङ भएका मृतकका आफन्तले बागलुङका सांसदहरू चित्रबहादुर केसी, पूर्वसांसद मीना पुन र प्युठानका पूर्वसांसद दुर्गा पौडेल सहितले गृह मन्त्रीलाई भेटेर घटनाको विषयमा जानकारी गराउने बताइएको छ ।

सन्जिपको असार ४ गते बिहान मृत्यु भएको थियो । यसको सम्बन्धमा टेलिकमले जिम्मेवारी नदिएपछि जिसी परीवारले महाराजगन्ज प्रहरीमा उजुरी दिएका छन् । उजुरी दिएपनि टेलिकमले फाइबर नेटबाट करेन्ट प्रवाह हुन नसक्ने भन्दै यसको जिम्मेवारी लिन अस्विकार गरेपछि आवश्यक कारबाहीका लागि काठमाडौं महानगरपालिका–३ मा कारबाहीका लागि पहल गरेको हरिले बताए । सोही बमोजिम कामपा–३ ले यसको सम्बन्धमा आवश्यक कारबाही गर्न सिफारीस गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले भने प्राधिकरणको गल्ति भेटिएमा नियमअनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिने जनाएको छ । टेलिकमले फाइबर नेटको तारबाट करेन्ट प्रवाह हुन नसक्ने दाबी गर्दै आएको छ भने प्राधिकरणले आफ्नो नाङ्गो तारबाट टेलिकमले फाइबरको तार सुरक्षित नगरी घरसम्म पुर्याएको हुँदा दुर्घटना हुन सक्ने जनाएको छ ।

सञ्जिवको मृत्यु हुनु अगाडिदेखि नै उनका बुवा हरि जिसीले निरन्तर टेलिकम तथा प्राधिकरणमा यसबारे गुनासो लेखाएको बताउँछन् । जिसी परिवारको निरन्तरको गुनासोपछि पनि समस्या समाधान भएन र टेलिकमको फाइबर नेटको तारबाट प्रवाहित करेन्ट लागेर सञ्जिवको मृत्यु भएको थियो ।

टेलिकम तथा विद्युत प्राधिकरणको समन्वय अभाव र गैरजिम्मेवारीका कारण एउटा निर्दोष युवाले ज्यान गुमाउनु समाज तथा राज्यकै लागि दुःखद विषय हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit