विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा कूटनीतिका ज्ञाता प्रबल अधिकारीलाई मन्त्रीपरिषद्‌को भदौ १३ गतेको निणर्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) खुशी व्यक्त गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका-९ मा जन्मेहुर्केका र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नाकोत्तर (डिग्री) गरेका अधिकारी नेपाल विद्युत प्राधिकरणका पूर्व-उपकार्यकारी निर्देशक पनि हुन् । उनी नेपालको ऊर्जा क्षेत्रको नीतिगत र कार्यान्वयन तहका साथै आन्तरिक र बाह्य विद्युत् बजार, ऊर्जा सुरक्षा र साइबर सुरक्षा तथा भूराजनीतिका ज्ञाता मानिन्छन् ।

लामो समय प्राधिकरणमा विद्युत् व्यापार विभागको नेतृत्व सम्हालेर निजी क्षेत्रलाई नजिकबाट नियालेका र यस क्षेत्रप्रति सधैँ सकारात्मक धारणा राख्ने अधिकारीकोे नियुक्तिले निजी क्षेत्र उत्साहित भएको जनाइएको छ । नीतिगत, कार्यगत लगायत ऊर्जा क्षेत्रका समग्र विषयका ज्ञातालाई वरिष्ठ ऊर्जाविज्ञ नियुक्त गरेकोमा इपानले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विज्ञ व्यक्तिकाे पहिचान गरेकाे समेत उल्खेख गरको छ ।

नेपालमा निजी क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको प्रवेशले निजी क्षेत्रको प्रवर्द्धन हुनुका साथै सहजीकरणमा थप बल पुग्ने इपानको धारणा रहेको छ । विद्युत उत्पादनमार्फत ऊर्जा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको निजी क्षेत्रलाई प्रसारण तथा व्यापारमा पनि निजी क्षेत्रको सहभागिता र भूमिका सुनिश्चित गराउन आवश्यक नीतिगत प्रबन्धका लागि उहाँको विज्ञता र अनुभवबाट सरकारले फाइदा लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३