विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १० किलोवाट भन्दा बढी क्षमताका ७६ लघुजलविद्युत योजना रुग्ण रहेका छन् । सञ्चालनमा रहेका लघुजलविद्युत योजना कार्यसम्पादन अवस्थाको अध्ययन गर्दा उक्त योजना रुग्ण पाइएको हो ।

सञ्चालनमा रहेका १० किलोवाट भन्दा बढीका ९८९ लघुजलविद्युत मध्ये ७६ योजना रुग्ण भेटिएको महालेखा परिक्षकको ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, १० किलोवाट भन्दा साना क्षमताका ८९१ लघु जलविद्युत योजनाको अध्ययन नभएकोले सञ्चालनको अवस्था यकिन गर्न नसकिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रको १८८० लघुजलविद्युत योजना जडान भएका छन् । केन्द्रले सञ्चालन गरिरहेको जडित योजनाहरूको अधिकतम उत्पादन गरी उच्च क्षमतामा उपयोग गर्ने गरी दिगो रुपमा सञ्चालन गर्नुपर्ने महालेखा परिक्षकको भनाई छ । महालेखा परिक्षकका अनुसार ले जडान योजनाको सञ्चालन अवस्थाको निरनतर अध्ययन गर्नुका साथै मर्मत संभार कोषको व्यवस्था गरी नियमित मर्मत संभार गर्नुपर्ने छ ।

केन्द्रले दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युतीकरण गर्न सो लघु जलविद्युत योजना निर्माण गरी सञ्चालनमा ल्याएको हो । राष्ट्रिय प्रसारण प्रणालीको पहुँच नपुगेको क्षेत्रमा केन्द्रले लघुजलविद्युत, हाइब्रिड सोलार, वायु ऊर्जाबाट विद्युत सेवा दिइरहेको छ । केन्द्रले हालसम्म करिब ७५ मेगावाट विद्युत उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit