विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा नीति संवाद : तेस्रो शृङ्खला

काठमाडौँ । नेपालको आन्तरिक ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा रूपान्तरणका लागि जलविद्युत्‌काे उत्पादन र प्रयोग बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपालमा हाल ६४० पिटाजुल ऊर्जा प्रयोग हुने गरेकोमा विद्युत्‌काे हिस्सा जम्मा ४.९६ प्रतिशत मात्र रहेको छ । यसमा नीतिगत हस्तक्षेप गरी विद्युत् उपयोगको हिस्सा बढाउनु पर्नेमा जोड दिइएको हो ।

ऊर्जा खबरमार्टिन चौतारीको सहकार्यमा हुँदै आएको ‘ऊर्जा नीति संवाद’ तेस्रो शृङ्खलामा मंगलबार नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशकसमेत रहेका ऊर्जाविज्ञ प्रबल अधिकारीले ऊर्जा सुरक्षाका लागि जलविद्युत् अपरिहार्य रहेको तथ्य प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको ‘ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जा रूपान्तरणका लागि जलविद्युत् : वर्तमान परिदृष्य र भावी कार्यदिशा’ विषयक कार्यपत्रमाथि आ-आफ्नो धारणा राख्दै विज्ञहरूले जलविद्युत्‌काे औचित्यमाथि थप प्रकाश पारेका थिए ।

जलविद्युत्‌काे उत्पादन र खपत बढाउन पूर्वाधार विस्तारलाई समेत ध्यान दिएर कुन–कुन क्षेत्रमा खपत बढाउन सकिन्छ भन्ने ठोस रणनीति निर्माण गर्नुपर्नेमा समेत जोड दिइएको थियो । स्वच्छ ऊर्जाको रूपमा जलविद्युत्‌काे खपत बढाउन विद्युत्‌काे उपलब्धता, उपभोग गर्न सक्ने आर्थिक हैसियत र स्वीकारयोग्य वातावरण ३ वटै पक्ष जरुरी रहेको उनले बताएका थिए ।

‘हिउँदमा समेत विद्युत्को उपलब्धता बढाउन देशमा जलाशय तथा सौर्य आयोजनासहित स्वच्छ र भरपर्दो ऊर्जाको उत्पादन बढाउनु पर्छ,’ अधिकारीले भने, ‘देशमा कुलेखानी बाहेक अरू जलाशय आयोजना नभएको हुँदा त्यसतर्फ राज्यले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।’ यही कुराको मनन् गर्दै सरकारले चालु आर्थिक वर्षमा ४ वटा जलाशय आयोजना विकास गर्न बजेट विनियोजना गरेको सन्दर्भ समेत जोडेका थिए । यद्यपि, ती जलाशय आयोजना निर्माण हुने वा नहुने भन्नेमा स्पष्टता नरहेको उनको धारणा थियो ।

त्यस्तै, प्रसारण तथा वितरण लाइनसहितका पूर्वाधारको क्षमता कमजोर हुँदा पनि विद्युत् पहुँच पुगेको ठाउँमा समेत भरपर्दो आपूर्ति नरहेको उनको विश्लेषण थियो । यही कारण सबैले एकै पटक विद्युतीय चुलो प्रयोग गरेमा प्रणालीले नधान्ने अवस्था उत्पन्न हुँदै गएको अवस्थालाई पनि उनले इंगित गरेका थिए ।

आज पनि अधिकांश नागरिक दाउरा वा एलपी ग्यासलाई छोडेर खाना पकाउने कार्यमा विद्युतीय चुलोलाई स्वीकार गर्न तत्पर नरहेको अधिकारीले प्रस्तुति मार्फत छर्लङ्ग पारेका थिए । यस कारणले पनि देशभित्र स्वच्छ ऊर्जाका रूपमा विद्युत्को खपत बढ्न नसकेको उनको विश्लेषण थियो ।

दिगो विकास लक्ष्य (एसडीजी) को ७औँ लक्ष्यमा ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा रूपान्तरणको लक्ष्य राखिएकोले यो लक्ष्य पूरा गर्न नेपालले गरेको प्रतिबद्धता अनुसार अघि बढ्नुपर्नेमा कार्यक्रममा उपस्थित धेरैले समान धारणा राखेका थिए । उक्त लक्ष्यले विश्वव्यापी रूपमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने, सन् २०३० सम्म नवीकरणीय ऊर्जाको हिस्सा सकेसम्म बढाउने र ऊर्जा दक्षता बढाउने विषयलाई समेत समेटेको छ । यो लक्ष्य पूरा गर्न पनि नेपालले जलविद्युत् सहित सौर्य, वायु लगायत सबैखाले सम्भाव्य स्वच्छ ऊर्जाको विकास गर्नु आवश्यक रहेको बताए ।

नेपालको सबैभन्दा ठूलो ‘लोड सेन्टर’ काठमाडौँ उपत्यकामा स्वच्छ बिजुलीको भरपर्दो उपलब्धता र खपत बढाउन नजिकै निर्माणाधीन वार्षिक १४५६ गिगावाट घन्टा ऊर्जा उत्पादन गर्ने माथिल्लो त्रिशूली–१ आयोजना उपयुक्त हुने कुरा औंल्याइएको थियो । ‘सन् २०४५ सम्म कार्बन उत्सर्जनको लक्ष्यमा पुग्ने नेपालको प्रतिबद्धता पूरा गर्न काठमाडौँ उपत्यकका लागि मात्रै १३७० गिगावाट घन्टा बिजुली आवश्यक रहेको तथ्यसमेत प्रस्तुत गरिएको थियो ।

विद्युत् निर्यातमा मात्रै भर नपरी ऊर्जा सुरक्षाका लागि आन्तरिक खपत बढाउनु अपरिहार्य रहेकोमा अधिकारीले जोड दिए । सरकारले २०३५ सम्म २८५०० मेगावाट विद्युत् उत्पादन गरी १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने योजना बनाइरँदा यसका लागि आवश्यक करिब ४६.५ अर्ब अमेरिकी डलर लगानी जुटाउनु चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा मार्टिन चौतारीका अध्यक्ष समेत रहेका ऊर्जा उद्यमी कुमार पाण्डेले देशभित्र खपत भएपछिको विद्युत् निर्यात गर्दा पनि स्वीच नेपालसँगै रहने भएकोले निर्यात गर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए । ऊर्जा क्षेत्रका अध्येता सूर्यप्रसाद अधिकारीले देशमा विद्युत्‌काे आन्तरिक खपत बढाउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनसहितका पूर्वाधार सुदृढीकरण गर्न करिब ३२ अर्ब रुपैयाँ आवश्यक रहेको बताए । यति लगानी गर्दा प्रतिव्यक्ति विद्युत् खपत वार्षिक ७५० युनिट पुग्ने उनको दाबी थियो ।

कार्यक्रममा ऊर्जा क्षेत्रका विज्ञ, प्रवद्र्धक, व्यवसायी, प्राध्यापक, अनुसन्धाता, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३