काठमाडौँ । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ कराेड ७० लाख ४ हजार ९०० रूपैयाँ बराबरकाे प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हाे ।
आइपीओ धितोपत्र निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीकाे सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले उक्त नियुक्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले कास्की जिल्लामा अवस्थित सैदी खाेलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ सालदेखि व्यवसायिक विद्युत् उत्पादन गरिरहेको छ ।