विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जातर्फको जिम्मेवारी आज (जेठ ११ गते) देखि सुशीलचन्द्र तिवारीलाई ताेकेकाे छ । राष्ट्रिय सतर्कता केन्द्रबाट सरुवा गरी उनलाई उक्त जिम्मेवारी तोकिएको हो ।

५ वर्षे सचिवको कार्यकाल पूरा गरी देवेन्द्र कार्कीले अनिवार्य अवकास पाएपछि मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयले त्यस ठाउँको जिम्मेवारीमा तिवारीलाई पठाएको छ । कार्कीले जेठ ३ गते अनिवार्य अवकास पाएका थिए ।

करिब ११ महिना अगाडि सचिवमा बढुवा भएका तिवारीले १० वर्ष सहसचिवको रूपमा मन्त्रालयका विभिन्न महाशाखा तथा विभागमा रहेर जिम्मेवारी पूरा गरिसकेका छन् । सचिवमा बढुवा हुनासाथ उनलाई तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी तोकिएको थियो । प्राधिकरणको समयावधि सकिएपछि उनी केन्द्रमा सरुवा भएका थिए ।

तिवारी करिब ४ महिना जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि मन्त्रालयमा सरुवा भएर आएका थिए । २०५१ सालबाट सरकारी सेवामा प्रवेश गरेका तिवारीले करिब २८ वर्ष योगदान पुर्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३