विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीकाे नाफा घटेको देखिएको हो । 

गत आवमा ६ करोड ५७ लाख २५ हजार ७ सय ३२ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष  २०७९/८० काे दोस्रो त्रैमासमा ५ करोड ९६ लाख ६१ हजार ८ सय ७९ रुपैयाँ नाफा कमाएकोे छ । कम्पनीकाे नाफा गत वर्षकाे तुलनामा घटेकाे हाे ।

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी ९ करोड १५ लाख ५० हजार ८ सय ८१ रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ९ करोड ९६ लाख ५२ हजार ९ सय २४ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले गुल्मीमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाले २०७१ चैतदेखि विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३