विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुलाे वितरण गर्ने भएको छ । पालिकाले ग्यास चुलो प्रतिस्थापन गर्दै पालिकाभित्र बसोवास गर्ने साढे ४ हजार घरधुरीमा इन्डक्सन चुलो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका करिब ४ हजार ६ सय घरधुरीमा विद्युतीय इन्डक्सन चुलो वितरण गर्ने पहिलो निर्णय गरेका छन् ।

‘घर–घरमा रहेका ग्यासका सिलिन्डर लिने र इन्डक्सन चुलाे दिने निर्णय गरेका छौँ’, अध्यक्ष खिमबहादुर थापाले भने, ‘यसलाई आउँदो गाउँ सभाबाट पारित गरेर लागू गरिनेछ ।’

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै थापाले विद्युतको प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा नम्बर ५ को दलित समुदायमा इन्डक्सन चुलाे परीक्षणका रूपमा वितरण गरिएको थियो । त्यो कार्यक्रम प्रभावकारी भएसँगै यस पटक पूरै गाउँपालिकाभरि नै इन्डक्सन चुलाे वितरण गर्ने योजना अगाडि सारिएको थापाले बताए ।

गाउँपालिकाले विद्युतको पहुँच सबै घरधुरीमा पुर्याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत महसुल निशुल्क गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३