विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा कार्यरत कृष्ण आलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले घुस लिएको अभियोगमा पक्राउ परेका  आलेविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गराएको हो । 

आलेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) बमोजिम गैरकानुनीरूपमा सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनी प्राधिकरण प्राधिकरण तनहुँ वितरण केन्द्र, आँबु शाखामा कार्यरत कर्मचारी हुन् ।

अख्तियारले विद्युतीय पोल तथा तार मर्मत गरेवापत नियमानुसार लाग्ने शुल्क बाहेक अतिरिक्त रकम घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको थियो । उनी प्राधिकरणमा कार्यरत ४ तहका कर्मचारी हुन् । आयोगले अदालतसमक्ष भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको  मागदाबी गरेको छ ।

आयोगले गैरकानुनीरूपमा सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा आलेलाई पक्राउ गरेको थियो । उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit