विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साढे ४ लाख कित्ता अविपरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म निष्कासन गरी बिक्री नभएको हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो ।

सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता अविपरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर खरिदका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै हकप्रद सेयरका लागि बोलकबोल पेश गर्न सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले कम्पनीको कार्यालय ट्रेड टावर, मुक्तिनाथ क्यापिटललको कार्यालय नारायणचौर र नक्साल र मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी तथा जनकपुर शाखा कार्यालयमा बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit