विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पोलमा रहेको अव्यस्थित तार हटाउनका लागि सेवा प्रदायकलाई तथा सम्बन्धित कार्यालय र संघसंस्थालाई १५ दिनको समय दिएको छ । महानगरपालिकाले मंगलबार (बैशाख १२ गते) सूचना प्रकाशित गरी जथाभावी लत्रिएका अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सहरको सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार तत्काल हटाउन निर्देशन दिएको हो । सडकमा छरिएका तार सम्बन्धित निकायले आफैँ हटाउनु पर्ने र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउनुपर्ने जनाएको छ ।

महानगरले उक्त अवधिमा सम्बन्धित निकायले तार नहटाए आफैँले हटाउने चेतावनी समेत दिएको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले पनि पटक–पटक ताकेता गरी विद्युतीय पोलका अनावश्यक तार हटाउन भने पनि अटेरी हुँदै आएको छ ।महानगरले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार÷केवल नहटाइएमा १६ दिनपछि महानगरपालिका आफैले हटाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit