विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सुनकोसी–मरिन डाइभर्सन आयोजना

काठमाडौँ । सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम २ महिनापछि पुनः सुचारु भएको छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुख्खा पहिरो र पानी खस्ने समस्याले ६० दिनदेखि अवरुद्ध सुरुङको निर्माण पुनः सुरु भएको हो ।

१०.५४४ किलोमिटरमा सुख्खा पहिरो र पानी खस्ने समस्याले सुरुङ खन्ने उपकरण टनेल बोरिङ मेसिन (टिबीएम) नै बन्द भएपछि रोकिएको थियो । समस्या समाधानपछि २ दिनदेखि सुरुङ निर्माणको काम सुचारु भएको सुनकोसी मरिन बहुउद्देश्यीय सिँचाइ आयोजनाका निर्देशक मित्र बरालले बताए ।

महाभारत श्रृङखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोही अवस्थामा भूमिगत पानीको संयोजनले समस्या थप जटिलता उन्मुख रहेको बताए । उनले परियोजनाको टिबिएम बनाउने कम्पनी रोबिन्स अमेरिकनका विज्ञ प्रतिनिधि, स्मेक अष्ट्रेलियाका विज्ञ प्रतिनिधि, कोभेक चाइनाका विज्ञका विज्ञहरू तथा आयोजना स्थलमा रहेका स्वदेशी एवं विदेशी विज्ञहरूको संयुक्त अध्ययन, सुझाव तथा निष्कर्ष निकालेर परियोजनाको काम सुरू गरिएको जानकारी दिए । टिबीएमबाट दैनिक औसत २० मिटर सुरुङ निर्माण भएको भइरहेको छ ।

सुनकोसी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदी पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुलीसमेत उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत्गृह निर्माणको काममा केही ढिलाई भएपनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ को असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको ठेक्का लगाउनुपूर्व नै तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७  फागुन २० मा कमलामाई नगरपालिका–२ को कसुमटारमा शिलान्यास गरे तापनि सुरुङ खन्ने कार्य १६ महिना अघि मात्र सुरु भएको हो ।

शिलान्यासको डेढ वर्षपछि २०७९ असोज २८ बाट सुरुङ निर्माणको काम सुरु भएको हो । सुरुङ निर्माणको ८० प्रतिशत काम सकिएको छ भने हेडवक्र्सतर्फ सुनकोसीमा बाँध निर्माणको काम यसै वर्षबाट सुरु भएको छ  । १६ महिनामा १३.३ किलोमिटर सुरुङमध्ये १०.५४४ किलोमिटर सुरुङ खनिसकिएको छ । यस बीचमा सुख्खा पहिरो र पानी खस्ने समस्याले ६ पटक टिबीएमको काम रोकिएको छ ।

आयोजनाको पहिलो प्याकेजअन्र्तगत टीबीएमबाट टनेल खन्ने कार्य र दोस्रो प्याकेज अन्तर्गत ब्यारेज, विद्युत्गृह लगायत छन् । सुनकोसी मरिन डाइभर्सन आयोजना टीबीएम प्रयोग भएको दोस्रो आयोजना हो । यसअघि टिबिएमबाट टनेल खन्ने काम भेरी बबईमा भइसकेको छ । सुनकोसी मरिन डाइभर्सन आयोजनाको मुख्य उद्देश्य बागमतीमा पानी थप गर्ने हो ।

पहिलो प्याकेजको सुरुङ निर्माणको गति उत्साहपूर्ण छ तर दोस्रो लटको ठेक्काको काम भने सुस्त छ ।सुनकोसी नदीमा व्यारेज बनाउने कामको गति भने सुस्त छ । यही ठेकेदारले विद्युत्गृह र हाइड्रोमेकानिकलको काम समेत पर्छ । विद्युत् उत्पादनका लागि इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणका लागि अर्को ठेक्का आह्वान गरिने आयोजना निर्देशक बरालले जानकारी दिए । आयोजनाका अनुसार कानढुंग्रीमा सुनकोसी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाँध निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३