काठमाडौँ । सिउरी न्यादी पावर लिमिटेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटका सुपर न्यादी जलविद्युत् आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको सेयरको निष्कासन तथा बाँडफाँड एनएमबी क्यापिटले गर्ने भएको छ । कम्पनीले निर्माणाधीन आयोजनामा लगानी व्यवस्थापनका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएको हो ।
सेयर निष्कासनका लागि आगामी आगामी फागुन ९ गते हुने वार्षिक साधारणसभामा प्रस्ताव गरिएको छ । सभाले प्रस्ताव पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम ६५ प्रतिशत पूरा भएको छ ।