विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १:०.४० को अनुपातमा हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएपछि निष्कासन अनुमतिका लागि नेपाल धिताेपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको आर्थिक वर्ष (आव) २०७७/७८ को चुक्ता  पूँजी ४१३.३२ करोडको १ बराबर ०.४० प्रतिशतले हुन आउने अर्थात १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबर १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमतिका लागि आवेदन दिएको हो । कम्पनीकाे हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक ताेकिएकाे छ ।

कम्पनीको दार्चुलामा निर्माण सम्पन्न ८.५ मेगावाटको नौगड गाढ  र ८ मेगावाटको माथिल्लो नौगड गाड जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेका छन । साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३