विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाइड्रो पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले ७४ हजार ८ सय ४० कित्ता सेयर यस्ता श्रमिकका लागि निष्कासन गरी बाँडफाँड गरेको हो ।

जारी पुँजीको १० प्रतिशत (रु. ७,४८,४०,०००) को १०० रुपैयाँ अंकित दरका ७,४८,४०० कित्ता सेयरमध्ये ७४,८४० कित्ता साधारण सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका श्रमिकका लागि छुट्ट्याएको थियो । उक्त परिमाण बराबरको सेयर गत साउन १४ गतेदेखि २८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।

सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट ३१,५२२ जना आवेदकहरूबाट जम्मा ७,०४,२०० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । त्यसमध्ये सम्बन्धित सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न कारणबाट १,८६७ जना आवेदकहरूबाट ५८,६४० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरू रद्द भई २९,६५५ आवेदकहरूबाट ६,४५,५६० कित्ता सेयर खरिद गर्न आवेदन प्राप्त भएको थियो । 

कम्पनीका अनुसार प्राप्त आवेदनहरूमा ७ जनाबाट २६० कित्ता शेयर खरिद गर्न दिएको आवेदन नियमअनुसार नरहेको हुँद रद्द गरिएको थियो । रितपूर्वक प्राप्त २९,६४१ आवेदकहरूबाट ६,४५,३०० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो । गोलाप्रथाबाट १० कित्तादेखि ३,००० कित्तासम्म शेयर खरिद आवेदन गर्ने ७,४८४ जनालाई १० कित्ताका दरले ७४,८४० कित्ता बाँडफाँड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३