विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२/३३/११ केभी नवलपुर सबस्टेसन लोडमा चार्ज गरेको छ । सर्लाही जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले नवलपुरमा निर्माण भएको सबस्टेसन शनिबारदेखि लोडमा चार्ज गरिएकाे हाे ।

अहिले लोड दिएर सबस्टेसन चार्ज गरिएको आयोजनाका इन्जिनियर सुशान्त ठाकुरले बताए । उनका अनुसार सबस्टेसन चार्ज भएपछि जिल्लाको विद्युतीकरणमा सुधार आएको छ । सबस्टेसन गत बुधबार ‘नो’ लोडमा चार्ज गरिएको थियो ।

सबस्टेसन सञ्चालनमा आएपछि उद्योग र घरायसी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा प्रणालीको स्तरोन्नति भएको प्राधिकरण मलंगवा वितरण केन्द्रका इन्जिनियर अरुण कुमार यादवले बताए । उनका अनुसार अब जिल्लाका उद्योगलाई मागे जति विद्युत दिन सहज भएको छ । घरायसी ग्राहकले उपयोग गर्ने विद्युतको  गुणस्तरमा पनि सुधार भएको छ ।

केन्द्र अन्तर्गतक करिब ४७ हजार ग्राहक छन् । जिल्लाको पहाडी क्षेत्रमा पनि लाइन तान्ने काम सकिएको छ, अब छिट्टै सेवा सुरु गरिने पनि यादवले बताए ।

१३२/३३ केभी सबस्टेसनमा ६३ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको छ । ३३/११ केभी सबस्टेसनमा १६ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

१३२/३३ केभी सबस्टेसनबाट जिल्लाको हरिपुर र मलंगवा सबस्टेसनमा विद्युत आपूर्ति हुनेछ ।  जिल्लाकै लालबन्दी र हरिवनमा नवलपुर सबस्टेसनबाट जाने ११ केभी फिडरबाट विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना (कोभिड–१९) महामारीको संकटका बाबजुत पनि नियमित काम गरेर सबस्टेसन सम्पन्न गरी सञ्चालनमा ल्याएको बताए । आर्थिक वर्ष २०७५/७६ देखि सबस्टेसन निर्माणको काम सुरु भएको थियो ।

सबस्टेसन निर्माण सम्पन्न गर्न करिब ४० करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । सबस्टेसन निर्माणको काम भारतको पावर टेक र नेपालको वाइवा कन्स्ट्रक्सनले संयुक्तरूपमा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit