काठमाडौँ । देशकै मुख्य प्रशासनिक निकायका कार्यालय रहेकाे सिंहदरबार परिसरभित्रका कार्यालयहरूमा जेठ २४ गते शनिबार विद्युत् आपूर्ति बन्द रहने छ । सिंहदरबार परिषरभित्र रहेको गृह मन्त्रालयको नयाँ भवनमा विद्युत् मिटर जडान तथा विद्युत् वितरण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति रहने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको छ ।
परिषरभित्रका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू, कार्यालयहरू तथा सर्वाेच्च अदालतमा समेत विद्युत् सेवा बन्द रहने छ । बिहान ७ बजे देखि दिउँसो १२ बजे सम्म विद्युत् आपूर्ति बन्द रहने जानकारी दिएको छ ।
प्राधिकरणले यसबाट पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत् सूचारु हुने समेत जनाएको छ ।