विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ल्हेन्दे, भोटेकोसी हुँदै त्रिशूली नदीमा मंगलबार (असार २४) गते आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी ७ जनाको ज्यान गएको, १९ जना बेपत्ता रहेको, सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र  निर्माणाधीन आयोजना गरी १० वटा भन्दा बढी जलविद्युत् उत्पादन तथा प्रसारण पूर्वाधारमा क्षति पुगेको तथा पुल, सडक र गाडीहरू बगाएर ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेको हो । 

विज्ञप्तिमा इपानले भनेको छ– ‘उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् केन्द्रको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको छ ।’

इपानका अनुसार बाढीबाट १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, २५ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको हो । यी मध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा बाढीले क्षति पु¥याउँदा उत्पादन बन्द गर्नुपरेको हो । देवीघाट, त्रिशूली र त्रिशूली–३ ‘ए’ बाहेक अन्य सबै जलविद्युत् केन्द्रमा निजी क्षेत्रको समेत लगानी रहेको छ ।

त्यस्तै, निजी क्षेत्रकै अगुवाइमा उक्त करिडोरमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पु¥याउँदा निर्माण कार्य रोकिएको इपानले जानकारी दिएको छ ।

बाढीको तीव्र बहाबका कारण त्रिशूली नदीले धार परिवर्तन गर्दा त्रिशूली–३ ‘बी’ हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको घाटा व्यहोर्नुपर्ने देखिएको इपानको भनाइ छ ।

बाढीबाट टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौँ मालबाहक कन्टेनर, भन्सार बिन्दुमा राखिएका कैयौँ गाडी बगाएको, निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको र नेपाल–चिन मुख्य व्यापारिक नाकाको पुल नै बगाएकोप्रति इपानले दुःख व्यक्त गरेको छ ।

‘नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ३६ जना सहित करिब १५० जना नागरिकको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुक्ताकोलागि सम्वद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरू अघि बढाउन पनि नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्राद्धाञ्जली व्यक्त गर्दै इपानले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । साथै, बेपत्ता हुनेहरूको सङ्ख्या बढीरहेको र बाढीको जोखिम पनि कायमै रहेकोले नेपालका सबै नदी किनारामा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३