विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ट्रंक तथा डेडिकेटेड बक्यौता महसुल विवाद सुल्झाउने सूत्र

काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल बक्यौता महसुल बुझाउन उद्योगीहरू सहमत भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । 

विद्युत् वितरण विनियमावली २०७८ अनुसार बक्यौता महसुल तिर्न प्राधिकरणले दिएको २८ किस्ताको सुविधाअनुसार पहिलो एक किस्तालाई धरौटीको रूपमा प्राधिकरणलाई बुझाउने र त्यसपछि विनियमावलीकै व्यवस्था अनुसार प्रशासकीय पुनरावलोकनमा जान उद्योगी व्यवसायी सहमत भएको महासंघले जनाएको छ । त्यस्तै, धरौटीका रूपमा पहिलो किस्ता बुझाएपछि विद्युत् काटिएका उद्योगमा लाइन जोड्नुपर्ने महासंघको प्रस्ताव छ ।आफूहरूले राखेको प्रस्तावमा सरकार समेत सहमत भएकोले अब झन्डै ७ वर्ष पुरानो यो विवाद समाधानतर्फ उन्मुख भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दाबी गरे ।

विनियमावलीले प्राधिकरणले जारी गरेको छुट विलमा चित्त नबुझाउने ग्राहकले ३० दिनभित्र प्रशासकीय पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्ने व्यवस्था गरेको छ । त्यस्तो निवेदन उपर छानविन गरी समितिले ३५ दिनभित्र निर्णय दिनुपर्ने र समितिको निर्णय अन्तिम हुने व्यवस्था गरेको छ ।

विनियमावलीको व्यवस्था अनुसार प्राधिकरणको विवादित छुट बिलको विषयमा अन्तिम निर्णय दिन गठन गरिने उक्त प्रशासकीय पुनरावलोकन समितिमा समितिले तोकेको एक सञ्चालक अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै, मुख्य प्रशासकीय अधिकृत वा निजले तोकेको उपकार्यकारी निर्देशक वा महाप्रबन्धक, ऊर्जा मन्त्रालय वा विद्युत् विकास विभागका एक जना विशेषज्ञ सदस्य रहने व्यवस्था छ । समितिमा प्राधिकरणको कानुन विभागको निर्देशक सदस्य सचिव रहने र समितिको सचिवालयको काम प्राधिकरणको कानुन विभागले नै गर्ने व्यवस्था गरिएको छ । समितिको कार्यविधि आफैँले निर्धारण गरेबमोजिम हुने कानुनी व्यवस्था छ ।

यसअघि २०८१ चैत ११ गते प्राधिकरणमा कार्यकारी निर्देशक बनेर आएका हितेन्द्रदेव शाक्यको प्रस्तावमा बक्यौता महसुलको विवाद समाधानका लागि नियमावली संशोधन गरेर २५ प्रतिशतको ठाउँमा बक्यौता महसुलको जम्मा ५ प्रतिशत धरौटी राखेर पुनरावलोकनमा जान पाइने व्यवस्था प्राधिकरणले गरिदिएको थियो । यद्यपि, उद्योगी बक्यौता तिर्ने राजी भएका थिएनन् । हाल उक्त बक्यौतालाई २८ भाग लगाएर एक भाग रकम धरौटी राखेर पुनरावलोकनमा जान उद्योगीहरू सहमत भएको महासंघले जनाएको हो । बक्यौता रकमको ५ प्रतिशत (२० भागको १ भाग) भन्दा २८ भागको एक भाग कम रकम हो । त्यसो हुँदा यसमा उद्योगी सहमत भएको देखिएको छ ।

यद्यपि, उक्त विद्युत् वितरण विनियमावलीको व्यवस्थामा संशोधन सरकारले गर्ने होइन । ऊर्जा मन्त्रीको अध्यक्षतामा रहेको प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकले यसबारे निर्णय लिनुपर्ने हुन्छ । प्राधिकरण बोर्डले निर्णय गरे मात्र उद्योगीको उक्त प्रस्तावले सार्थकता पाउने छ । कानुनी परिधिभित्र रहेर प्राधिकरण र उद्योगी सहमतिमा पुगेपछि मात्र यो विवाद समाधान हुने देखिएको छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले कात्तिक ४ गते ६ वटा र कात्तिक ८ गते १९ वटा उद्योगको लाइन काटेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३