विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक स्थानमा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग आवेदन मागेको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गर्न निजी तथा सार्वजनिक संस्थासँग आवेदन मागेको हो ।

निर्देशनालयले सार्वजनिक प्रयोजनका लागि चार्जिङ स्टेसन सञ्चालन गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थालाई सम्पर्कमा आउन आग्रह गरेको छ । सरकारले निजी संस्थासँग मिलेर विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्यले देशभरमा ५ सय चार्जिङ स्टेसन निर्माण गर्ने लक्ष्य निर्धारण गरेकाले सोही लक्ष्य पूरा गर्नका लागि इच्छुकहरूबाट आवेदन मागिएको प्राधिकरणले जनाएको छ ।

सरकारी लक्ष्य पूरा गर्न निजी क्षेत्रसँग मिलेर देशभरमा राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा हल, शिक्षण स.स्था, अस्पताल, होटल, रेष्टुरेन्टलगायतका सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले यही योजनाअनुसार ठाउँ–ठाउँमा चार्जिङ स्टेसन राख्न इच्छुकहरूलाई लगानीका लागि आह्वान गरेको हो ।

प्राधिकरणले व्यापारिक प्रयोजनका लागि भर्खरै देशभरमा ५० वटा चार्जिङ स्टेसनको निर्माण सुरु गरेको छ । विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले प्रस्ताव गरिएका चार्जिङ स्टेसन निर्माणको काम अघि बढाएको हो । ५० वटै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit