विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
वित्तीय व्यवस्थापन

काठमाडौँ । धादिङको रुबी भ्याली गाउँपालिकामा प्रस्तावित २३.६७ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनामा ४ वटा बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सानिमा बैंकको नेतृत्वमा बैंकहरूले लगानी गर्ने गरी सोमबार सहवित्तीयकरण सम्झौता भएको हो । सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाइँ र सानीमा बैंकका परियोजना वित्त प्रमुख रवीन्द्र तुलाधरले हस्ताक्षर गरेका छन् । 

आयोजनामा सानिमाले १ अर्ब २० करोड, नेपाल एसबीआई बैंकले ८७ करोड, एभरेष्ट बैंकले ७५ करोड र सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड रुपैयाँ लगानी गने भएका हुन् । 

कुल ४ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक ऋण ७० प्रतिशत र स्वपुँजी (इक्विटी) ३० प्रतिशत रहने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको प्रवर्द्धक कम्पनीले जनाएको छ । आयोजनामा प्रवर्द्धकहरूले १ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ लगानी गर्नुपर्ने छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३