विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ६ गते) सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति अनुसार विकास बैंक र वित्त कम्पनीहरूले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा करिब १२८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । २०७८ चैतसम्ममा उक्त कर्जा लगानी गरेका हुन् ।

कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा १२८ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी भएको बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीतिमा उल्लेख छ । विकास बैंकहरूले १११ अर्ब ९२ करोड र वित्त कम्पनीहरूले १६ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

विकास बैंकहरूले २०७९ असारसम्म कुल कर्जा लगानीको १७ प्रतिशत, २०८० असारसम्म १९ प्रतिशत र २०८१ असारसम्म २० प्रतिशत कर्जा गर्नुपर्ने व्यवस्था रहेकोमा उक्त क्षेत्रहरूमा २०७८ चैतसम्म २६.६२ प्रतिशत अर्थात १११ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यसैगरी, वित्त कम्पनीहरूले २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७८ चैतमा औसतमा २१.९२ प्रतिशत अर्थात १६ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको बैंकले सार्वजनिक गरेको नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit