विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिरणले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गरेका करिब ३ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरण इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।

महसुल नतिरेका ३ हजार ३ सय ९७ जना ग्राहकको लाइन काटिएको केन्द्रका लेखा प्रमुख कमल प्रसाद रिजालले बताए । ‘यी ग्राहकबाट १ करोड ५७ लाख ९५ हजार ४ सय ४९ रुपैयाँ उठाउन बाँकी थियो’, उनले ऊर्जाखबरसँग भने, ‘केन्द्रले प्रदेश नम्बर १ अन्तर्गत रहेका वितरण केन्द्रमध्ये सबैभन्दा बढी लाइन काटेर बक्यौता असुल गरेको हो ।’

उनका अनुसार लाइन काटिएकामध्ये २ हजार ९ सय ८८ जनाले १ करोड ३० लाख ४९ हजार ४ सय ५० रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन जोडिएको छ । केन्द्रले लाइन काट्ने–जोड्ने बापत चार्ज २१ लाख ७ हजार ४ सय संकलन गरेको पनि रिजालले बताए ।

गत केन्द्रले कालो सूचीमा रहेको ग्राहकबाट ४ लाख ९५ हजार ८ सय १८ रुपैयाँ उठाएको छ । यो अवधिमा विद्युत चोरी गरेका व्यक्तिलाई कारबाही गरी उनीहरुबाट २ लाख ५० हजार ४ सय ३२ रुपैयाँ असुल गरिएको  केन्द्रले जनाएकाे छ ।

केन्द्रले महसुल तिर्न अटेर गर्ने ग्राहककाे लाइन काट्ने कामलाइ तिब्र गतिमा अघि बढाएकाे छ । वितरण केन्द्र अन्तर्गत ४७ हजार ७ सय २२ जना ग्राहक छन् । केन्द्र अन्तर्गत १९ प्रतिशत चुहावाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit