विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिजुली आपूर्ति अनियमित भई उत्पादनमा असर परेपछि पर्साका उद्योगीहरू काठमाडौंमा आएका छन् । उद्याेगी व्यवासयीको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेका छन् ।

विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले भुसाल र घिसिङलाई छुट्टाछुट्टै भेटघाट गरी विद्युत आपूर्तिमा देखिएको समस्याबारे छलफल गरेका थिए ।

भेटघाटका क्रममा गुप्ताले विद्युत उत्पादन र प्रभावकरी वितरण व्यवस्था नभएकोले मुलुकभर विद्युत आपूर्तिमा समस्या आइरहेको बताए । बारा–पर्सा कोरिडोरमा विद्युत घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत आपूर्ति हुनु नसकेको र विद्युतको गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परेको बताए ।

बारा–पर्सा औद्योगिक कोरिडोरको विद्युत वितरण लाइन २०/२५ वर्ष पूरानो रहेको र त्यस बेलाको तुलनामा माग बढेको, ग्राहस्थ विद्युत खपत दर बढेको, इन्डक्सन चुलो, विद्युतीय सवारी साधनको वृद्धिसँगै विद्युत खपत बढेको र सो अनुसार आपूर्तिका लागि वितरण लाइनको क्षमता कम भएका कारण व्यवसायीलाई गुणस्तर विद्युत आपूर्ति हुन नसकेको टोलीले जानकारी गराएका थिए । 

सो अवसरमा मन्त्री भुसालले विगत केही दिनदेखि विद्युत आपूर्तिमा भइरहेको ट्रिपिङ र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भिर रहेको बताइन् । भुसालले औद्योगिक फिडरहरूमा गुणस्तरीय ट्रिपिङ समस्या समाधान गर्न नियमित विद्युत आपूर्ति गर्न प्राधिकरणलाई निर्देशन दिइसकेकाे बताइन् ।

प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकोले परियोजनाहरू तीव्र गतिमा अघि बढ्न नसकेको घिसिङले बताए ।

घिसिङले प्राधिकरणबाट बारा–पर्सामा ५० अर्बको विद्युत परियोजनाको काम भइरहेको बताउँदै हेटौडामा रहेको ४५ केभीको ट्रान्सफर्मर मर्मत गर्ने काम भइरहेको बताए ।

विरगञ्ज र पोखरीया वितरण केन्द्रसम्म वितरण लाइन सहज बनाउन प्रसौनीमा सबस्टेसन निर्माण कार्य अघि बढेको पनि घिसिङले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit