विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत १५ जना उच्च पदाअधिकारीलाई निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले मंगलबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा १० तहका ती कर्मचारीलाई निर्देशक (११ तह) मा बढुवा गरेको हो । 

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त स्थानमा पदपूर्ति गरेको पदपूर्ति विभागका निर्देशक शिवकुमार अधिकारीले बताए ।

जेष्ठता तथा कार्यसम्पादनका आधारमा बढुवा हुनेमा प्राविधिक सेवातर्फका कृष्णप्रसाद यादव, श्रीरामराज पाण्डे, सुरेरबहादुर भट्टराई, रामकुमार यादव, विश्व मल्ल र सन्तोषकुमार झा छन् । निर्देशकमा बढुवा भएका कृष्णप्रसाद प्राधिकरण उत्पादन निर्देशनालयअन्तर्गतको साना उत्पादन सञ्चालन तथा संभार विभाग प्रमुख हुन् ।

यस्तै, निर्देशकमा बढुवा भएका पाण्डे अहिले काठमाडौं प्रादेशिक कार्यालय प्रमुख छन् । भट्टराई प्रणाली सञ्चालन विभाग प्रमुख हुन् । रामकुमार उत्पादन निर्देशनालय अन्तर्गतको ठूला उत्पादन सञ्चालन तथा संभार विभाग प्रमुख हुन् ।

मल्ल रसुवागढी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । प्रशासन सेवातर्फ जेष्ठता तथा कार्यसम्पादनका आधारमा बढुवा हुनेमा समिरप्रसाद पोखरेल र जयराम भण्डारी छन् । पोखरेल लेखा विभाग प्रमुख तथा भण्डारी आर्थिक विश्लेषण विभाग प्रमुख हुन् ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा ७ जना प्रबन्धकलाई निर्देशकमा बढुवा गरिएको अधिकारीले जानकारी दिए । बढुवा हुने ६ जना प्राविधिक सेवातर्फका छन् ।

बढुवा हुनेमा प्राविधिकतर्फ तारानाथ शर्मा, गणेश केसी, श्यामकुमार यादव, नसिवमान प्रधान, अच्युत घिमिरे र सुरेन्द्रप्रसाद अग्रहरी छन् । शर्मा कार्यकारी निदेशकको सचिवालय प्रमुख हुन् ।

निर्देशकमा बढुवा भएका केसी निर्माणाधीन राहुघाट जलविद्युत आयोजना प्रमुख हुन् । श्यामकुमार हेडौंडा–ढल्केबर प्रसारण लाइन आयोजना प्रमुख हुन् भने प्रधान तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

घिमिरे निर्माणाधीन तनहुँ जलविद्युत आयोजना प्रमुख हुन् । अग्रहरी अहिले सुर्खेत प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । कार्य सम्पादन मूल्याङ्कनको आधारमा बढुवा हुनेमा लेखातर्पm  कृष्णबहादुर खड्का छन् । उनी अहिले केन्द्रीय लेखा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit