विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । घारखोला हाइड्रो पावर कम्पनीले ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले म्याग्दीमा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न यो लाइन निर्माण गर्न लागेको हो ।

गण्डकी प्रदेश, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा वडा नम्बर ६ मा निर्माणाधीन घारखोला जलविद्युत आयोजनाको विद्युतगृह\स्वीचर्यार्डबाट सोही गाउँपालिकाको वडा नम्बर २\३ हुँदै ३ मा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सवस्टेसनसम्म डबल सर्किट लाइन निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । विभागले कम्पनीलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

कम्पनीलाई अनुमति पत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय\सुझाव मागेको छ ।

लाइन ७ किलोमिटर डबल सर्किटमा निर्माण हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रसारण लाइनमा ३०० वटा पोल खडा गरिने तथा एसिएसआर वल्फ कन्डक्टर जडान गरिनेछ ।

जमिनको सतहबाट पोलको औसत उचाई ११–१३ मिटरको हुनेछ । आयोजना निर्माणको लागि जम्मा ३.८६ हेक्टर जग्गा अवश्यक पर्नेछ । जसमध्ये ३.५ हेक्टर जमिन क्षेत्राधिकारको लागि ०.११ हेक्टर पोल जगको लागि र बाँकी रहेको ०.२५ हेक्टर अस्थायी रुपमा भण्डारणको लागि प्रयोग गरिनेछ ।
प्रसारण लाइनको निर्माण कार्य सुरु भएको ६ महिनामा सम्पन्न गरिने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit