विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भारतबाट मूल्य बढेर आएपछि सोमबार (माघ २३ गते) राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

प्रतिलिटर पेट्रोल ३ रुपैयाँ र डिजेल/मट्टितेल ३ रुपैयाँ बढाएको निगमले जनाएको छ । निगमका अनुसार अब नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल/मट्टितेल १७५ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको विज्ञप्तीमा उल्लेख छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले बुधबार (माघ १८ गते) पठाएको पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ , मट्टितेल ४.६१ रुपैयाँ तथा हवाई इन्धन ७.८० रुपैयाँ बढाएर नयाँ मूल्यसूची पठाएकाे थियाे । पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

निगले नेपाल सरकारको ऋण र आइओसीलाई फेब्रुवरी २०२२ मा तिर्नुपर्ने बक्यौता भुक्तानी गरी करिब १६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ । आइओसीको बक्यौता एंव सरकारद्धारा उपलब्ध ऋणको व्यवस्थापना गर्न चुनौति रहेको निगमले जनाएको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit