विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको सिरीजंगा गाउँपालिकामा निर्माण हुने २१.९३ मेगावाटको काबेली–३ जलविद्युत आयोजनाका लागि सोमबार (जेठ ९ गते) लगानी सम्झौता भएको छ । एनएमबी बैंक लिमिटेडको अगुवाईमा सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने गरी सम्झौता गरिएको हो ।

काबेली हाइड्रो पावर कम्पनी प्रालिले प्रवर्द्धन गर्ने आयोजनाको कूल लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ मध्ये बैंकहरूले ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । डेढ दशकदेखि जलविद्युत विकाससँग जोडिँदै आएको एनएमबी बैंकले लगानी गरेको यो ४३औं आयोजना हो ।

लगानी सम्झौतामा कम्पनीका अध्यक्ष राजेशकुमार खड्का र बैंकका प्रमुख लगानी अधिकृत श्रीजेस घिमिरेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष खड्काले निर्माणक्रममा बैंकको निरन्तर सहयोग प्राप्त भए तोकिएको समयभित्रै विद्युत उत्पादन गर्न सकिने बताए । ‘यो आयोजना निर्माणपछि ठूला तथा राज्यलाई सहयोग पुग्ने गरी आंशिक जलायश आयोजना निर्माण गर्ने योजना छ,’ उनले भने, ‘हाम्रो गतिलाई बैंकले सहयोग गर्छ भन्ने पूर्ण विश्वास छ ।’

यसैगरी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जलस्रोत तथा ऊर्जामा निरन्तर लगानी बढाउँदै आएको हुँदा भविष्यमा तरलताको जुनसुकै समस्या आइपरे पनि आयोजनालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘हाम्रो दिगो बैंकिङको योजना अनुसार सोलार तथा जलविद्युतमा लगानी बढाइरहेका छौं,’ उनले भने, ‘एनएमबीको हकमा तरलताको त्यस्तो समस्या पनि छैन र हामी व्यवस्थापन गरेर गइरहेका छौं ।’

१ मेगावाटको बुखरी खोलादेखि अहिलेसम्म ४३औं आयोजनामा लगानी गरिसकेको स्मरण गर्दै केसीले भने, ‘अब हामी ५०¬–१०० मेगावाटसम्मका आयोजना विकासमा जोडिन खोजिरहेका छौं ।’ मुनाफालाई मात्र केन्द्रमा राख्नुभन्दा दिगो एवम् संस्थागत बैंकिङ गरेकै कारण एसियामै उत्कृष्ट बैंक बनेकोले भविष्यमा पनि यसको मर्यादा कायम हुने गरी काम गर्ने उनको भनाइ थियो ।

केसीका अनुसार एनएमबीले ४३ वटा आयोजनामा लगानी गरेकोमा २७ वटामा अगुवा बैंकको रुपमा जिम्मेवारी निर्वाह गरेको छ । अबका दिनमा तरलता समस्याको दिगो समाधान गर्ने हो भने सोलार आयोजनामा लगानी गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । अर्थतन्त्रलाई माथि उठाउने अबको आधार नै जलविद्युत र सोलार रहेको पनि उनले प्रस्ट पारे ।

कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक मोहनविक्रम कार्कीले काबेली–३ आकर्षक र वार्षिक ऊर्जा समेत राम्रो रहेको हुँदा साढे २ वर्षभित्र विद्युत उत्पादन गर्ने गरी काम गर्ने बताए । ‘कोराना महामारीले केही समस्या निम्त्यायो, हामीले एक वर्ष विद्युत उत्पादनको अवधि बढाइदिन विद्युत प्राधिकरणसँग भनेका छौं,’ उनले भने, ‘म्याद थपियो भने त्यस समयभित्र हामी आयोजना पूरा गरेर बिजुली उत्पादन गर्न सक्छौं ।’

विगतमा धेरै आयोजनामा काम गरेको आफूसँग अनुभव भएको हुँदा यो पनि समयमै पूरा हुने र कुनै कारणले समय लम्बिए बैंक तथा पुँजी लगानीकर्तासँग थप पैसा नमाग्ने कार्कीको भनाइ थियो । ‘पैसा पुगेन, थपिदिनुस् भनेर हामीले आजसम्म निर्माण भएका आयोजनामा भनेका छैनौं र अब पनि भन्ने छैनौं,’ उनले थपे ।

लगानीकर्ता सदस्य सेञ्चुरी बैंककी पूर्वाधार लगानी प्रमुख सन्ध्या श्रेष्ठले अगुवा बैंकको विश्वास र हौसलाका कारण काबेली–३ मा जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । उनका अनुसार यस बैंकले आयोजनामा १ अर्ब २१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । भविष्यमा बैंकले गरेको प्रतिबद्धता पूरा गर्ने कुरामा कुनै कमजोरी नहुने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

आयोजनामा ७५ प्रतिशत बैंक ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने छ भने शिक्षा क्षेत्रमा लामो समयदेखि संलग्न व्यक्तिहरू कम्पनीमा आवद्ध रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि २० किलोमिटर टाढा १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

अहिलेसम्म करिब ४३ मेगावाटका ७ आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको कार्की समूह झण्डै ९५ मेगावाटका आयोजनाहरूसँग जोडिएको छ । उसले काबेली खोलामै ६० मेगावाटभन्दा बढीका आयोजना निर्माण गर्ने विषयमा अध्ययनसमेत गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit