विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आइएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता भएको छ । रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन ‘रेमिट स्विच’ समझदारी भएको हो । समझदारीपत्रमा आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका तर्फबाट पनि प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार आइएमईलाई वान प्वाइन्टले ‘रेमिट स्विच’ प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउने सोही ‘रेमिट स्विच’ मार्फत ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । यो मार्फत प्रदान हुने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य खुल्ला परीक्षण हुने छ ।

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिवद्ध यस सेवालाई अझै सहज बनाउन नँया–नयाँ प्रविधिलाई पछ्याउँदै फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ । वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिस्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्वपूर्ण हुने विश्वास लिएको पौडेलले बताइ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पुूर्वाधारलाई सबल, सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजीटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit