विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर होवा खोला हाइड्रो पावर कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले संखुवासभामा सञ्चालित ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला भएको हो ।

सय रुपैयाँ अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयले छिटोमा जेठ २४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाउनेछन् । स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लाथि छुट्याएको साधारण सेयर निष्कासन गरीने कम्पनीले जनाएको  छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल  लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले गत २०७८ चैतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो ।


नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै विद्युत उत्पादन सुरु गर्नुपर्ने थियो । तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit