विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन) ले ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मुलुकको विकासमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहँदै आएकाे बताए ।

‘विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्छ ।’

मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा हजारौँ इन्जिनियरले रोजगार पाउने उल्लेख गरे । बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सके पनि १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो ।

उनले मुलुकको विकासका लागि इन्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए । इन्जिनियर विना देश विकास हुन नसक्ने भन्दै उनले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३