विद्युत अपडेट

  • प्राधिकरण : ६५१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३१७४ मे.वा.घन्टा
  • आयात : ८९६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७७८ मे.वा.
२०८२ ब‌ैशाख १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेशनको ब्रेकर प्यानलमा आइतबार भएको आगलागीबारे छाविन गर्न समिति गठन गरेको छ । उक्त सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रण गर्न प्रयोग हुने ब्रेकर प्यानल भएको आगलागी रहस्यमय देखिएपछि प्राधिकरणले छानविनका लागि समिति गठन गरेको हो । ‘ब्रेकर प्यानलमा आगलागी हुनुको कारणबारे छानविन गरी प्रतिवेदन पेश गर्न एक साताको समय दिएर समिति गठन गरिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘समितिको अध्ययन प्रतिवेदन आएपछि यसबारे स्पष्ट हुने अपेक्षा गरेका छौँ ।’

प्राधिकरणको निर्देशक जुजुरत्न शाक्यको संयोजकत्वमा गठन गरिएको ३ सदस्यीय समितिका सदस्यहरूमा सहनिर्देशक चुडामणि आचार्य र सहायक प्रबन्धक करिम हुसेन खान सदस्य रहेका छन् । समितिलाई उक्त घटनाबारे अध्ययन गरी (बुधबारदेखि) एक साताभित्र प्रतिवेदन पेश गर्न प्राधिकरणले कार्यादेश तोकेको छ ।

उक्त ब्रेकर प्यानल जल्दा अवरुद्ध भएको विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था गरी तत्कालै सुचारु गरिएको थियो । जलेको ब्रेकर प्यानल परिवर्तन गरी पुरानै अवस्थामा आपूर्ति सुचारु गर्ने काम समेत अन्तिम चरणमा पुगिसकेको छ ।

याे पनि पढ्नुहाेस्

मातातीर्थ सबस्टेसन आगलागी रहस्यमय, छानबिन गर्न ३ सदस्यीय कमिटि गठन गरिने

मातातीर्थ सबस्टेशनको ब्रेकर प्यानलमा आगलागी, ११ केभीका ३ वटा फिडरको आपूर्ति अवरुद्ध

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३