विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङ र कास्कीमा सञ्चालित जलविद्युत आयोजनामा खटाउने गरी आवेदन खुलाएको हो ।

कास्कीमा सञ्चालित ८.८ मेगावाटको रुदी खोला–ए र लमजुङमा सञ्चालित ६.६ मेगावाटको रुदी खोला–बी मा खटाउने गरी कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनामा खटाउने ३ जना शिफ्ट इन्चार्ज माग गरिएको छ ।

सिफ्ट इन्चार्जका लागि इलेक्ट्रिकल इन्जिनियरीङमा डिप्लोमा गरेको र कम्तिमा एक वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुकले आवेदन दिँदा  बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । योग्य आवेदकले कम्पनीको कार्यालय, नयाँ बानेश्वर वा इमेल ([email protected]) मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३