विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लोकसेवा आयोग, कर्णाली प्रदेशले पहिलो पटक प्राविधिक सेवातर्फ ५औं तह (हाइड्रो पावर इन्जिनियर) का लागि रोजगारी आह्वान गरेको छ । प्रदेशले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तर्गत रोजगारी आह्वान गरेको हो ।

नेपालमै पहिलो पटक लोकसेवाले ५औं तहमा इन्जिनियरीङ–सिभिल हाइड्रो पावरको लागि आवेदन खुलाएको मध्य पश्चिम विश्वविद्यालयका हाइड्रो पावर केन्द्रिय विभागका प्रमुख माधव रिजालले बताए । उनका अनुसार यसअघि कर्णाली प्रदेश र संघले ७औं तहका लागि हाइड्रो पावर सिभिल इन्जिनियरको आवेदन खुलाएका थियो ।

‘नेपाल विद्युत प्राधिकरणले पनि अहिलेसम्म हाइड्रो पावर इन्जिनियरका लागि आवेदन खुलाएको थिएन्’, उनले ऊर्जा खबरसँग भने, ‘आयोग, प्राधिकरणले आवेदन खुला नगर्दा मध्य पश्चिम विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरू प्रतिस्पर्धाबाट बञ्चित भएका थिए, अब, प्रदेशले आवेदन मागेकोले लाभान्वित हुने भएका छन् ।’

देशमा हाइड्रो पावर इन्जिनियरको अध्ययन, अध्यापन मध्य पश्चिम विश्वविद्यालयमा मात्र हुँदै आएको रिजालले बताए । विद्यालयमा यसको अध्ययन  कोटा ४८ जनाको मात्र हुन्छ । सन् २०१६ देखि अध्ययन सुरु गरेको विद्यालयबाट २ ब्याज गरी ९६ विद्यार्थीले स्नातक गरिसकेको रिजालले बताए । पासआउट भएका यी विद्यार्थीले आवेदन दिन पाउनेछन् ।

थप जानकारीका लागि

खुला तथा समावेशी प्रतियाेगितात्मक लिखित परीक्षाकाे विज्ञापन

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३