विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४.९५ मेगावाटको माथिल्लो पिलुवा–३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण लगानी गर्ने भएका छन् । संखुवासभामा निर्माणाधीन आयोजनामा दुई बैंकले सहवित्तियकरण अन्तर्गत कर्जा लगानी गर्ने भएका हुन् ।

लक्ष्मी बैंकले ३९ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख ( ६५ करोड ५९ लाख) रुपैयाँ लगानी गर्ने गरी सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बैंकले गरेको लगानी कुल लागतको ७० प्रतिशत हो ।

बाँकी ३० प्रतिशत अर्थात २८ करोड ११ लाख रुपैयाँ स्वपुँजी लगानी छ । आयोजना सम्पन्न गर्न ९३ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७५ चैत्र १२ गते नै विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो । पिपिए अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत प्राधिकरणले हिउँदमा प्रतिमेगावाट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ खरिद गर्नेछ ।

यो आयोजना सम्पन्न भएपछि करिब २८.४१७ गिगावाट घण्टा विद्युत वार्षिक रुपमा उत्पादन हुनेछ । निर्माणाधीन आयोजना एकवर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट २०७८ फागुनदेखि विद्युत उत्पादन गर्ने तालिका छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit