विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको माछापुछ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण करिब ७५ प्रतिशत पूरा भएको छ । आगामी एक वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार अहिले बाँध क्षेत्र, मुख्य पाइपलाइन, विद्युतगृह लगायत पक्षको समानान्तररूपमा काम भइरहेको छ । यी कामहरूमध्ये सबैभन्दा बढी प्रगति बाँधदेखि विद्युतगृहसम्म पानी ल्याउने मुख्य पाइपलाइनमा देखिएको छ ।

हाइड्रो मेकानिकलतर्फ पर्ने मुख्य पाइपलाइन, सर्ज पाइप लगायत कामको अहिलेसम्म ६९ प्रतिशत काम पूरा भएको डाउन पारा जेभीका आयोजना निर्देशक ध्रव राना मगरले जानकारी दिए । ‘सम्पूर्ण काम पूरा गरेर आगामी फागुनभित्र प्रवद्र्धकलाई हस्तान्तरण गर्ने योजना रहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिलेको कामको गतिले हामीले सजिलै लक्ष्य पूरा गर्न सक्छौं ।’

मगरका अनुसार कूल ६३७१ मिटर मुख्य पाइपलाइनमध्ये ४४०० मिटर काम पूरा गरी हस्तान्तरण भइसकेको र ९८५ मिटर सर्ज पाइपको काम आउने दशैं–तिहारपछि सुरु गरी फागुनभित्र पूरा गरिनेछ । यो प्रगति पछिल्लो एक वर्ष अर्थात् २०७८ साल भदौ–असोजदेखि हालसम्मको हो । ग्लोबल हाइड्रो इनर्जी जिएमबिएचले इलेक्ट्रो मेकानिकलतर्फको काम पनि सँगसँगै गरिरहेको उनले जानकारी दिए ।

अहिलेसम्म समग्र आयोजनाको प्रगति ७५ प्रतिशत पूरा भएको र तोकिएको समयभित्रै बिजुली बालिने प्रवद्र्धक कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । ‘निर्माण प्रक्रिया एवम् उपकरणतर्फको गुणस्तरमा कुनै कुन्जुस्याइँ गरेका छैनौं, तोकिएको समय र लागतभित्र बिजुली बाल्न सक्छौं भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने अवधि २०७९ साउनको अन्तिमलाई तोकिएको थियो तर पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण निर्माण अवधि एक वर्ष लम्बिएको छ । सोही अनुसार विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ ।

कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले समेत स्वपुँजी (इक्विटी) लगानी गरेको छ भने ऋण लगानीमा एनएमबी बैंक लिमिटेडले अगुवाई गरेको छ । कूल स्वपुँजी मध्ये एचआइडिसिएलले १८.५२ प्रतिशत (२० करोड रुपैयाँ) लगानी गर्ने सम्झौता छ ।

सेती नदीमा एनएमबी बैंकको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड  रुपैयाँ लगानी गरेको छ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्ने सम्झौता छ ।

यस्तै, निर्धारित समयमै निर्माण पूरा गरेर शेयरधनीलाई उचित लाभांश तथा नाफा उपलब्ध गराउने अध्यक्ष पोखरेलले बताए । ‘लगानी, समय र अन्य सबै पक्षका दृष्टिले मोडल आयोजनाको रूपमा विकास गर्ने गरी हामीले काम गरिरहेका छौं,’ उनले भने ।

कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत विद्युत्गृहदेखि ३.८ किलोमिटर टाढा लाहाचोक सबस्टेसनसम्म पुर्याउन जेड इन्फ्रा प्रालिले १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेकाे छ; त्यहाँबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजनाको सिभिल निर्माणको जिम्मा पाएको छ । नदी प्रवाही प्रकृतिको आयोजनामा ५ मिटर उचाई र १३ मिटर लम्बाईको बाँध निर्माण हुनेछ ।

६ महिना बर्खा र ६ महिना हिउँदमा उत्पादित विद्युत् किन्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । पिपिए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपयाँमा विद्युत् किन्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit