विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने २१ जना ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले आइतबार लामो समयदेखि महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटी कारबाही गरेको हो ।

पटक–पटक ताकेता गर्दा पनि महसुल नतिरेपछि यी ग्राहकको विद्युत लाइन काटेको वितरण केन्द्रले जनाएको छ । एकै दिनमा विद्युत लाइन काटिएका यी ग्राहकबाट वितरण केन्द्रले १ लाख ६९ हजार १ सय २१ रुपैयाँ महसुल उठाउन बाँकी रहेकोमा १२ जनाबाट जरिवानासहित असुल गरेको वितरण केन्द्र प्रमुख जयकुमार यादवले बताए ।

यस्तै, वितरण केन्द्रले ग्राहकको ७६ वटा सिंगल फेज विद्युत मिटरको रिसिलिङ गरेको छ । सिंगल फेज मिटर रिसिलिङ गर्ने क्रममा ५ वटा चुहावट मिटर र एउटा मोटर समेत फेला पारेको वितरण केन्द्रले जनाएको छ ।

यसैगरी, बारास्थित सिम्रौनगढ वितरण केन्द्रले पनि महसुल तिर्न अटेर गर्ने १५ जना ग्राहकको विद्युत लाइन काटेको छ । वितरण केन्द्रले लाइन काटिएका ग्राहकबाट ९ लाख ९७ लाख ४ सय ६२ रुपैयाँ महसुल उठाउन बाँकी छ ।

लाइन काटिएका ४ जना ग्राहकले १ लाख ९० हजार महसुल कार्यालयमा बुझाएको वितरण केन्द्र प्रमुख मनोजकुमार झाले जानकारी दिए । महसुल तिर्ने ग्राहकको विद्युत लाइन पुनः सुचारु गरिदिएको वितरण केन्द्रले जनाएको छ ।

यता प्राधिकरण पर्वत वितरण केन्द्रले पनि ६० दिनसम्म विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन धमाधम काटिरहेको छ । वितरण केन्द्रले आइतबार मात्रै महसुल नतिर्ने १२ जना ग्राहकको विद्युत लाइन काटेर कारबाही गरेको छ ।

वितरण केन्द्रले यी ग्राहकबाट १ लाख ४ हजार ९ सय ७ रुपैयाँ महसुल उठाउन बाँकी छ । आइतबार नै ८ लाइन काटिएका ८ जना ग्राहकले महसुल बुझाएका छन् । महसुल बुझाएपछि उनीहरूको विद्युत आपूर्ति हुने लाइनको सेवा सुचारु गरेको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit