विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले नबिकेको हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ गतेबाट कम्पनीको सेयर लिलामीमा ल्याउन लागेको हो ।सर्वसाधारणका लागि जारी भई आवेदन नपरेको १३ लाख ४६ हजार २ सय १८ कित्ता सेयर लिलामीबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेयर लिलामी प्रक्रियाबाट खरिद गर्न लगानीकर्ताले पुस १३ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । कम्पनीको सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले तोकिएको प्रतिकित्ता  १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य तिर्ने गरी न्युनतम १ सय कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । आवेदन दिन इच्छुक व्यक्ति, कम्पनी र संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकको शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले गत कात्तिक १४ देखि मंसिर मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । कम्पनीले दार्चुलामा साढे १६ मेगावाटका २ जलविद्युत आयोजना निर्माण गरेकाे छ । दुवै आयोजना सञ्चालनमा छन् । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit