विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालय बबरमहलमा एक शुभकामना समारोहको आयोजना गरी बिहीबार (जनवरी १, २०२६ मा) वार्षिकोत्सव मनाएको हो । विशुद्ध ऊर्जा क्षेत्रमै समर्पित यस सञ्चार संस्थाको स्थापना २०७३ साल पुस १७ गते (जनवरी १ तारिक) का दिन भएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा ऊर्जा क्षेत्रका विज्ञ तथा प्रबुद्ध व्यक्तिहरूको सहभागीता थियो । कार्यक्रममा पूर्व जलस्रोत मन्त्री समेत रहेका ऊर्जाविद् दीपक ज्ञवाली, नेपाल विद्युत् प्राकिरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवम् ऊर्जाविद् द्वय शेरसिंह भाट र प्रबल अधिकारी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेशबिक्रम थापा, तनहुँ जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छवि गैरे, ऊर्जा विज्ञ तथा उद्यमी कुमार पाण्डे, युनिट्स् इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक गोपाल न्युरे, ऊर्जाविज्ञ कुशल गुरुङ, एनएमबी बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाललगायतले ऊर्जा खबरले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त ऊर्जा पत्रकारिताको माध्यम बन्न सकोस् भन्ने शुभकामना दिए ।

सञ्चार माध्यमलाई आर्थिक हिसाबका दिगो रूपमा सञ्चालनका लागि आवश्यक नवीन उपायहरूबारे खोजी गर्नुपर्ने आवश्यकता रहेको समेत सहभागीहरूको धारणा थियो ।

कार्यक्रममा ऊर्जा खबरका विशेष सम्पादक समेत रहेका ऊर्जाविज्ञ सूर्यप्रसाद अधिकारीले ऊर्जा जस्तो गहन प्राविधिक विषयबारे बुझाउनुपर्ने दायित्व बोकेको सञ्चार माध्यम सञ्चालनका लागि आर्थिक रूपमा आफैँ पीडित हुनुपर्ने अवस्थाको निकास खोज्नुपर्ने बताए ।

ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी विभिन्न आरोह–अवरोध तथा चुनौती पार गर्दै आम सञ्चार तथा पत्रकारिता जगत्को व्यावसायिक धर्मपालनमा कुनै सम्झौता नगरीकन पनि सफलताको ९ वर्ष पूरा गर्न सक्नु ऊर्जा खबरका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । आगामी दिनमा समेत सबै पक्षसँगको साथ, सहयोग र सहकार्यबाट ऊर्जा खबरले अझ सशक्त पत्रकारितालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

ऊर्जा खबर म्यागेजिन (अंग्रेजी) का सम्पादक राजेश खनालले समाजले सञ्चार माध्यमलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । साथै सञ्चार माध्ययमलाई समाचार स्रोतले समेत सही सूचना दिएर सहयोग गर्न सके अझ सहज हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३