विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने सम्बन्धमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेड र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालि (स्मेक) बीच समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र स्मेकका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन् ।

एमओयू अनुसार सिंगापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका र अन्तराष्ट्रिय सफल अभ्यासहरू अध्ययन विश्लेषण सम्बन्धी काममा सहकार्य गर्नेछ ।

उक्त कम्पनीलाई आवश्यक सहजीकरण गर्दै निफ्राले परियोजनाका लागि आफ्नो अगुवाईमा लगानी जुटाउने जनाइएको छ । ५५०० रोपनी क्षेत्रफलमा निर्माण हुने स्मार्ट सिटीका लागि जग्गा उपलब्ध गराउन पाँचखाल नगरपालिकाले आवश्यक सहजीकरण र सहकार्य गर्ने पनि एमओयूमा उल्लेख छ । यस्तै, निफ्राले नगरपालिकासँग अलग्गै समझदारी गर्ने पनि जनाइएको छ ।

स्मार्ट सिटीको बजार अध्ययन (मार्केट स्टडी) गर्न निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्ट्यान्टस् प्रलिसँग सम्झौता गरिसकेको छ । कम्पनीले अबको ८ महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।

एमओयू हस्ताक्षर कार्यक्रममा निफ्राका उच्च पदाधिकारी, परामर्शदाताका अधिकारी एवं पाँचखाल नगरपालिकाका पूवक्ता सञ्जय लामाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit