विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा संस्थापक सेयर लगानी गर्न सङ्खुवासभाका १० वटै स्थानीय तह सहमत भएका छन् । खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा सोमबार आयोजित छलफलमा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो आफ्नो भागमा पर्ने सेयर बराबरको रकम लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत हिरामान वाइबाले किमाथाङ्का अरुण आयोजना देशकै ठूला जलविद्युत् आयोजनामध्ये एक भएको जानकारी गराए । उनका अनुसार आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ को अवधारणा अनुसार विकास गरिने उनले बताए ।

आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था मिलाइएको छ । जसले स्थानीयको सहभागिता र स्वामित्वलाई सुनिश्चित गर्ने उनको भनाइ छ ।

छलफलमा परियोजना प्रबन्धक अशोक पण्डितले निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनले तोकिएको समयमै आयोजना सम्पन्न गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकामा जोड दिए ।

छलफलमा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यति ठूलो र रणनीतिक महत्वको आयोजना समयमै सम्पन्न गरिनुपर्ने बताउँदै स्थानीय तह, कम्पनी र केन्द्र सरकारबीचको सहकार्यले आयोजना सफल हुने विश्वास व्यक्त गरे ।

आंशिक जलाशय (पिआरओआर) प्रकृतिको यस आयोजनामा छुम्सुर गाउँ नजिक अरुण नदीमा करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन छ । बाँध निर्माणपछि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र १०३ लाख घनमिटर पानी अट्ने क्षमताको जलाशय बन्ने जानकारी गराइएको छ ।

आयोजनाको विद्युत्‌गृह भोटखोला गाउँपालिका–२ अन्तर्गत लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी क्षेत्रमा रहनेछ । यसका लागि करिब ५ हजार ९१८ मिटर लामो र ८ मिटर व्यासको भूमिगत सुरुङ निर्माण गरिने योजना छ । साथै आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । आयोजनाको अनुमानित लागत करिब रु ९२ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३