विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत आगामी असार पहिलो सातादेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । लमजुङमा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा थपिन लागेको हो ।

आयोजनाको पूननिर्माणको काम अन्तिम चरणमा पुगेकोले असार पहिलो सातादेखि उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरणमा उल्लेख छ । विवरणका अनुसार विद्युत जोडिने प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

निर्माण सम्पन्न आयोजनामा गत २०७८ असारमा आएको बाढीले ठुलो क्षति पुर्याएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माणको काम सकिन लागेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्या, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिदै आएको छ ।

यस अघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएकाे थियाे । बाढीले पुर्याएकाे क्षतिकाे पुन निर्माण गर्दा लागत बढेकाे छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला लगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३