विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ११, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–६ नाम्दुमा निर्माण गरिएको ३३/११ केभी नाम्दु सबस्टेशन सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएर पनि स्थानीयको जग्गा विवाद र निर्माण कम्पनीको प्राविधिक समस्याका कारण डेढ वर्षदेखि उक्त सबस्टेशन अहिले सञ्चालनमा आउन सकेको थिएन ।

स्थानीय जनप्रतिनिधि समेतको पहलमा जग्गा विवाद टुङ्गो लागेपछि सब स्टेशन चार्ज भएको हो । ३३/११ केभी सबस्टेशन चार्ज भएसँगै उक्त सबस्टेशनबाट एक साताअघि विद्युत् वितरण सुरु भएको छ । यो सबस्टेशनबाट बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ मा विद्युत् वितरण गरिएको छ । यसअघि यस क्षेत्रमा जिरी सब स्टेशनबाट विद्युत् वितरण हुँदै आएको थियो ।

ठूलो भौगोलिक क्षेत्र र धेरै ग्राहक भएका कारण जिरी सबस्टेशनबाट क्षमताभन्दा बढी लोड लिँदा बैतेश्वर र गौरीशंकर गाउँपालिका क्षेत्रमा पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने समस्या थियो । नाम्दुको सबस्टेशन चार्ज भएसँगै अब यी क्षेत्रमा विद्युत्को आपूर्ति गुणस्तरीय हुने विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।

सबस्टेशन सञ्चालनमा आएसँगै दोलखामा वितरण सबस्टेशनको संख्या ५ पुगेको छ । यसअघि मकैबारी, जिरी, सिंगटी, किर्ने सबस्टेशन सञ्चालनमा आइसकेका छन् । शैलुङ गाउँपालिकाका केही वडामा सिन्धुपाल्चोकको मुडे सबस्टेशनबाट विद्युत् वितरण हुँदै आएको छ । लामोसाँघु, किर्ने, सिंगटी र गर्जाङको १३२ केभी सबस्टेशनबाट विद्युत् प्रवाह हुँदै आएको छ । 

यी सबै १३२ सबस्टेशन नजिक जलविद्युत् केन्द्रहरू रहेका कारण पनि विद्युत् प्रवाहमा सहज भएको वितरण केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । एउटा जिल्लाका लागि ४ तिरबाट विद्युत् लिने मिल्ने भएकाले अब दोलखामा विद्युत् आपूर्तिका लागि धेरै समस्या समाधान हुने र देशकै सबैभन्दा गुणस्तरीय विद्युत् सेवा दोलखामै उपलब्ध हुने पनि उनले दाबी गरे ।

यी सबै सबस्टेशनमार्फत यस क्षेत्रका ४१ हजार ९९० घरधुरीमा विद्युत् सेवा पुगेको छ । बिगू गाउँपालिका वडा नं. १ लप्ची गाउँका २० घरबाहेक सबै घरमा विद्युत सेवा पुगेको छ । दुर्गम ना गाउँमा सोलार प्लान्ट निर्माण भएपछि अब लप्चीमा मात्रै विद्युत् सेवा पुग्न बाँकी छ ।

८ करोडमा तयार भयो सबस्टेशन

सबस्टेशन ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले प्याकेज नौ अन्तर्गत ८ करोड लागतमा वैतेश्वर गाउँपालिकाको नाम्दुमा सबस्टेशन निर्माण गरिएको आयोजना प्रमुख संगीता कार्कीले जानकारी दिइन् । 

ग्रीड सोलार एण्ड इनर्जीले नाम्दु सबस्टेशन सहित बागमती प्रदेशमा १३ वटा सबस्टेशन निर्माण गरेको उनले बताइन् । ३३/११ केभीलाई लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत् प्रवाहका लागि ३३ केभीलाई नाम्दु भिरामुनि डाँडाघरबाट आवश्यक पोल गाडेर वैतेश्वर जिरी प्रसारण ३३/११ केभीलाई लुपआउट गरेर नाम्दु सबस्टेशन लगिएको दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख नेत्रमणि न्यौपानेले बताए ।

ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले २०७८ मंसिरमा ठेक्का लगाएर सबस्टेशनको निर्माण सुरु गरेको थियो । सबस्टेशन उद्घाटनपछि बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले अब विद्युत् सेवा भरपर्दो हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३