विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुलाेवितरण अभियान सुरु गरेकाे छ । गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारणको पहुँच पुगेसँगै विद्युतीय चुलाेवितरण अभियान सुरु भएको हो ।

पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका, अपांगाता र ज्येष्ठ नागरिकलाई लक्षित गरी २ सय १० जनालाई चुलाेउपलब्ध गराइएको गाउँपालिका अध्यक्ष टसिन्हर्वु गुरुङले जानकारी दिए ।

स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका दाउरा र पछिल्ला वर्षमा प्रयोग हुँदै आएका ग्यास सिलिन्डर मुक्त बनाउने अभियान अन्तर्गत इन्डक्सन चुलाेवितरण गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा २ सय १० परिवारमा चुलाेवितरण गरिएकामा चालु आव २०८२र८३ को साउनभित्रै थप २ सय ६० जनालाई वितरण गर्ने योजना छ ।

‘इन्डक्सन चुलाेसँगै प्रयोग गर्ने विधिबारे पनि जानकारी गराएका छौँ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु भएको छ । यो अभियान जारी रहने छ’ उनले भने ।

लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै नियमित रुपमा दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङले गाउँपालिकाले निःशुल्क इन्डक्सन चुलाेवितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट मुक्त भएको बताइन् ।

गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग उपयोग गर्नसके करिब ५ वर्षसम्म चुलाे टिकाउ हुने र कुनै समस्या आए मर्मतका लागि पनि पहल गरिने जानकारी दिइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन यस अभियनले सहयोग पुग्ने बताए । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३