विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेवा डेभलपर्सले लिमिटेडले ९.३ मेगावाटको सिवा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङदेन गाउँपालिकाको सिवा खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेकाे हाे ।

कम्पनीले आयोजनाकाे अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएपछि यसबाट पर्ने  असरका विषयमा सरोकारवालासँग राय सुझाव मागिएको छ । विभागले ३५ दिने सुचना जारी गर्दै उक्त अवधिमा सुझाव दिन पनि माग गरिएको छ ।

नदीको बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना डिजाइन ६.२० घनमिटर प्रति सेकेन्ड र कुल हेड १७७.५१ मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर ५४.६३७ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनको मुख्य संरचनाहरू मिक्वाखोला गाउँपालिका तथा मेरिङदेन गाउँपालिकामा अवस्थित सिवा खोलाको बायाँ किनारमा रहनेछ । सर्ज टयाङ्कबाट पानीलाई २६० मिटर लम्बाई र १.५ मिटर ब्यास भएको पेनस्टक पाइप हुँदै विद्युत गृहमा पुर्याइनेछ । 

विद्युत गृहमा जडित २ वटा ४.८ मेगावाट क्षमताको फ्रान्सिस टर्वाइनहरूमा पानी खसालिनेछ र उक्त टर्वावाइनसँग जोडिएको २ वटा ५४७० केभी ए ३ फेज ए.सी सिनक्रोनस जेनेरेटर मार्फत ९.३  मेगावाट विद्युत उत्पादन गरिनेछ ।

विद्युतलाई ३३ केभी सिंगल सर्कित प्रसारण लाइन मार्फत यसै कम्पनीद्वारा निर्माणाधीन १३२ केभीको स्विचयार्डमा जडान गरी डबल सर्किट प्रसारण लाइन मार्फत ताप्लेजुङ जिल्लामा अवस्थित ३३/१३२/२२० केभीको ढुङ्गेसाँघु सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रस्तावित बाँध् भन्दा तल्लो तटीया क्षेत्रमा जीव जन्तु, जलचर तथा बोट विरुवाको लागि स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार १८४ लिटर प्रति सेकेन्ड पानी सिकुवा खोलामा छोड्ने प्रस्ताव गरिएको छ ।

यो आयोजनबाट २०८२ जेठ २७ गतेबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । यो कम्पनीले ७३ मेगावाटको मध्य मेवा पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit